२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

पृथ्वी राजमार्गको ऐनापहरामा बस दुर्घटना

shivam cement
मध्यान्ह
२०८२ साउन १८ गते १८:३२
पृथ्वी राजमार्गको ऐनापहरामा बस दुर्घटना

दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नं को बस आज दिउँसो सडकबाट तल खसेर दुर्घटना भएको हो । 

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले दुर्घटनामा घाइते पाँच जनाको उद्धार गरी उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको बताए ।  

मर्स्याङ्दी नदीको माथिल्लो भागमा बस अड्किएको छ । बस तान्नका लागि क्रेन मगाइएको र दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise