२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

१७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्दैछन् : प्रचण्ड

shivam cement
मध्यान्ह
२०८२ साउन १८ गते ११:४२
१७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्दैछन् : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले १७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्ने कसरत भइरहेको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि माओवादीको बद्नाम गर्नका लागि १७ हजार भन्ने गरेको बताए ।

आफूहरुले शहीदका सपना पूरा गर्नका लागि जुन स्तरबाट काम गर्नुपर्ने थियो त्यो हुन नसकेको महसुस गरेर अहिले शहीद, बेपत्ता परिवारका र आफ्नै वर्गमा फर्किएर काम सुरु गरेको बताए ।

शहीदहरुको सम्मान गर्न आफूहरुबाट कमजोरी भएको महसुस भएको पनि उनले बताए । उनले प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध शहीदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेको उल्लेख गरे । नेपालमा फेरि एक पटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिने उनले बताए ।

अध्यक्ष प्रचण्डले पार्टी विभाजन गर्नका लागि अनेक षड्यन्त्र गर्ने काम भइरहेको पनि उल्लेख गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise