२०८२ साउन १७ गते शनिवार / Aug 02 , 2025 , Saturday
२०८२ साउन १७ गते शनिवार
Ads

हुन्डाई फेस्टिभ डिलाइट २०८१ बम्पर अफरको विजेता घोषणा

shivam cement
मध्यान्ह
२०८२ साउन १६ गते २०:५२
हुन्डाई फेस्टिभ डिलाइट २०८१ बम्पर अफरको विजेता घोषणा

काठमाडौं : लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०८१ बम्पर अफर’ को विजेता घोषणा गरेको छ । बम्पर उपहारस्वरूप नयाँ हुन्डाई भेन्यु १.२ कुबेर कन्स्ट्रक्सन प्रालिले प्राप्त गरेको हो ।

गत वर्षको दशैं र तिहारको अवसरमा ‘फेस्टिभ डिलाइट २०८१’ अफर २०८१ साउन ६ गतेदेखि कात्तिक २२ गतेसम्म सञ्चालन भएको थियो । सो अवधिमा ग्राहकहरूले आकर्षक नगद छुट, १ लाखसम्मको स्क्र्याच कार्ड पुरस्कार, एक वर्षको सडक कर छुट, एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स, तथा पुरानो सवारी साटासाट गर्दा एक्सचेन्ज बोनस जस्ता सुविधा प्राप्त गरेका थिए ।

बम्पर विजेताको घोषणा साउन १५ गते हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो । हुन्डाई प्रतिनिधिहरू र कन्जुमर आई नेपालकी अध्यक्ष बिमला खनालको उपस्थितिमा विजेता छनोट गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise