२०८२ साउन १७ गते शनिवार / Aug 02 , 2025 , Saturday
२०८२ साउन १७ गते शनिवार
Ads

सीडीएससीको प्रस्तावित निर्देशिका अव्यवहारिक : चेम्बर

shivam cement
मध्यान्ह
२०८२ साउन १६ गते २०:५२
सीडीएससीको प्रस्तावित निर्देशिका अव्यवहारिक : चेम्बर

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नयाँ व्यवस्था अव्यवहारिक, लगानी प्रतिकूल र शेयर बजारमै अनिश्चितता पैदा गराउने रहेको जनाएको छ ।

सीडीएससीले अभौतिकीकृत धितोपत्रहरूलाई संस्थापक र सर्वसाधारणलाई फरक आईएसआईएन नम्बर प्रदान गर्ने तथा लकिङ पिरियड पछि संस्थापक शेयर स्वतः सर्वसाधारणमा परिणत नहुने व्यवस्था प्रति चेम्बरले प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

सीडीएससीको निर्देशिका लागू भएमा नेपालको शेयर बजारमा दीर्घकालीन असर पर्ने, लगानीकर्ताको भरोसा कमजोर हुने र विशेषतः ऊर्जा क्षेत्र, सिमेन्ट, होटल, उत्पादनमूलक उद्योग, मिडिया लगायतका क्षेत्रमा नकारात्मक प्रभाव पर्ने चेम्बरले जनाएको छ । प्रस्तावित व्यवस्था अन्तर्राष्ट्रिय मान्यता र स्थापित अभ्यास विपरित हुने समेत चेम्बरको ठहर छ । 

नेपालमा शेयर बजार अझै पनि लगानीमैत्री बन्न नसकेको र सीडीएससीजस्तो संस्थाले आफैँले बनाएका पुराना मापदण्ड उल्ट्याउँदै नयाँ व्यवस्था ल्याउँदा बजारमा नकारात्मक मनोविज्ञान उत्पन्न भएको चेम्बरको भनाइ छ ।

चेम्बरले यो निर्देशिका तत्काल संशोधन गरी व्यावहारिक र लगानीमैत्री खालको व्यवस्था बनाउन सरकार तथा नियामक निकायहरूको गम्भीर ध्यानाकर्षण गराएको छ ।

ADV

सम्बन्धित खबर

Advertise