२०८२ साउन १७ गते शनिवार / Aug 02 , 2025 , Saturday
२०८२ साउन १७ गते शनिवार
Ads

बर्दघाटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते

shivam cement
विनोद निगम
२०८२ साउन १६ गते २०:४९
बर्दघाटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाटमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट बजार क्षेत्रमा अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका एक पुरुषलाई चिसापानी अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका छन् । मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १२ मध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ भने अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार अगाडि रहेको अटो रिक्शा जोगाउने क्रममा बस अनियन्त्रित भई विपरीत लेनमा पल्टिएको हो । बस चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise