२०८२ साउन १७ गते शनिवार / Aug 02 , 2025 , Saturday
२०८२ साउन १७ गते शनिवार
Ads

राजापुर र गेरुवाका ५२८ विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

shivam cement
सन्तोष पौडेल
२०८२ साउन १६ गते २०:४६
राजापुर र गेरुवाका ५२८ विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

बर्दिया : बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका ५ सय २८ जना विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण गरिएको छ । उनीहरूमध्ये अधिकांश मुक्त कमैया तथा अतिविपन्न परिवारबाट छन् । 

छात्रवृत्ति वितरण एक्सन एड नेपाल र कमैया महिला जागरण समाजको साझेदारीमा सञ्चालित ‘नेपालमा कृषिमा आधारित बंधुवा श्रमको अन्त्य परियोजना’ अन्तर्गत गरिएको हो । 

राजापुर नगरपालिकाका २७ वटा विद्यालयका ४ सय १३ जना र गेरुवा गाउँपालिकाका ११ विद्यालयका १ सय १५ जना विद्यार्थीले यो सहयोग प्राप्त गरेका छन् ।

छात्रवृत्तिको रूपमा विद्यार्थीहरूलाई स्कुल झोला, पोशाक, जुत्ता–मोजा, कापी, डटपेन, ज्यामिति बक्स लगायतका सामग्री प्रदान गरिएको हो । कुल १४ लाख ७५ हजार ४ सय १० रुपैयाँ बराबरको सामग्री वितरण गरिएको परियोजनाले जानकारी दिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise