२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशालाई कास्य पदक

Nada
तिलु शर्मा पौडेल
२०८२ साउन १६ गते १७:४६
Shares
पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशालाई कास्य पदक

मलेसियाः पलेशा गोवर्धनले पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेकी छन् । मलेसियाको कुचिङ शहरमा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी पारा तेक्वान्दो खेलाडी गोवर्धनले महिला ५७ केजी तौल समूह अन्तर्गत के–४४ वर्गमा कास्य पदक जितेकी हुन् । 

ncell

पलेशासँगै नेपालबाट भरत सिंह महता, अमीर भ्लोन, रेनु तामाङ र कामना प्रसाईं लगायतका खेलाडीहरूले पनि प्रतियोगितामा सहभागिता जनाएका थिए।

प्रतियोगितामा नेपालको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य तथा नेपाल तेक्वान्दो संघका सदस्य रामचन्द्र श्रेष्ठको नेतृत्वमा व्यवस्थापन गरिएको थियो। प्रशिक्षणको जिम्मेवारी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले सम्हालेका थिए । 

ताजा खबर

सम्बन्धित खबर