२०८२ साउन १७ गते शनिवार / Aug 02 , 2025 , Saturday
२०८२ साउन १७ गते शनिवार
Ads

सरकारले सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने

shivam cement
मध्यान्ह
२०८२ साउन १६ गते १३:४९
सरकारले सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने

काठमाडौंः युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ ।

शुक्रबार मन्त्रालयमा आफूले एक वर्षमा गरेका कामहरु र आागमी रणनीतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले यस्तो बताएका छन् । उनकाअनुसार सरकारले भक्तपुर जिल्लामा ५० हजार सिट क्षमता भएको फुटबल रंगशाला निर्माणको कार्य अघि बढाएको छ । अन्तर्राष्ट्रिय भलिबल कवर्डहल निर्माणका लागि काठमाडौं उपत्यकाभित्र जग्गा प्राप्तिको काम भइरहेको बताए ।

सरकारले दोलखा, मुस्ताङ, जुम्ला र सोलुखुम्बुमा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण कार्य अघि बढाएको पनि बताए । मन्त्री चौधरीले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि, २०८२ को मस्यौदा तयारी भएको बताए । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहकारी संस्थामार्फत युवालाई स्वरोजगार बनाउन प्रवाह गरिएको ऋणमध्ये असुल गर्न बाँकी रहेको ऋण गत आर्थिक वर्षमा १ अर्ब ३१ करोड १४ लाख रुपैयाँ असुल गरेको जानकारी दिए ।

मन्त्री चौधरीकाअनुसार गत आर्थिक वर्षमा मन्त्रालयको पुँजीगततर्फ ५१ करोड ८८ लाख ३५ हजार रुपैयाँ विनियोजित बजेटमध्ये ३८ करोड ६० लाख ९८ हजार रुपैयाँ खर्च भएको छ । मन्त्रालयले गत आर्थिक वर्षमा ७४.४२ प्रतिशत वित्तीय प्रगति हाँसिल गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise