काठमाडौं : एनआईसी एसिया बैंकका ग्राहकले काठमाडौंको नयाँ बानेश्वर र महाराजगन्ज तथा पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मि इनका विभिन्न सेवामा विशेष छुटसम्बधी सम्झौतामा हस्ताक्षर भएको हो ।
बैंकका ग्राहकले लेट मि इनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका हुन् । ग्राहकले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवामा १० प्रतिशत र कोरियन उत्पादनहरूमा ८ प्रतिशतको छुट सुविधा हुनेछ ।
सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा बैंकको एपमार्फत भुक्तानी गर्नुपर्नेछ । लेट मेइनसँगको यस सहकार्यले ग्राहकलाई विशेष छुट उपलब्ध हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।