काठमाडौं : प्यारामाउन्ट मोटर्सले नेपालमा पहिलोपटक इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी एमजी आईएम–६ सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको गाडीले नेपालको विद्युतीय सवारी क्षेत्रलाई नयाँ उचाइमा पु¥याएको मोरिस गराजेज (एमजी)का नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले जनाएको छ ।
‘एमजी आईएम’ले एआई इन्टेलिजेन्स सञ्चालित ईभीको नयाँ युगको संकेत गर्छ । अत्याधुनिक डिजाइन, बौद्धिक सुविधा र नयाँ प्रविधिले भरिएको ड्राइभिङ अनुभवका साथ आईएम–६ ले नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ,’ कम्पनीको भनाइ छ । एमजी आईएम–६ अब सम्पूर्ण अधिकृत एमजी डिलरसिपहरूमा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध भएको छ । लक्जरी, नवप्रवर्तन र लामो रेन्जको क्षमताको समिश्रणका साथ, आईएम–६ ले एमजीको इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटीका प्रतीकका रूपमा उभिएको प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले बताए ।
उनले भने, ‘हामी नेपालमा एमजी आईएम–६ सार्वजनिक गर्न पाउँदा गर्व महसुस गरिरहेका छौं । उत्कृष्ट रेन्ज, एआई असिस्टेड र लक्जरी क्याबिन अनुभवसहित, यो केवल ईभी मात्र नभई नेपालका लागि स्मार्ट ड्राइभिङको भविष्य हो ।’