२०८२ साउन १६ गते शुक्रवार / Aug 01 , 2025 , Friday
२०८२ साउन १६ गते शुक्रवार
Ads

होण्डाको डीओ–१२५ ले बनायो नयाँ कीर्तिमान, पुग्यो उपल्लो डोल्पा

shivam cement
मध्यान्ह
२०८२ साउन १५ गते २०:५६
होण्डाको डीओ–१२५ ले बनायो नयाँ कीर्तिमान, पुग्यो उपल्लो डोल्पा

काठमाडौं : होण्डा डीओ–१२५ स्कुटरले उपल्लो डोल्पाको ज्याङला पास पुगेको छ । ५३ सय मिटरको उचाइ रहेको पास पुग्दै स्कुटरले कीर्तिमान बनाएको हो । यो साहसिक यात्रा नेपाल एट्थ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनीको सहकार्यमा सम्पन्न भएको हो । 

सहरी यात्राका लागि बनाइएको स्कुटरले कठिन हिमाली भूपरिधि र दुर्गम मार्ग पार गर्दै ज्याङला पाससम्मको यात्रा कुनै ठुलो यान्त्रिक समस्याबिना पूरा गरेको हो । काठमाडौंबाट डोल्पा हुँदै ज्याङला पाससम्मको मार्गमा लगातार उकालो, ढुंगे बाटो, खोला र बगर पार गर्नुपरेको स्याकार ट्रेडिङले जनाएको छ । उचाइमा पुग्दै गर्दा अक्सिजनको कमी अर्काे चुनौती बनेर आएको कम्पनीले जनाएको छ ।

नेपाल एट्थ वन्डर टोलीले यो यात्रा केवल स्कुटरको क्षमता परीक्षण मात्र नभएर सही योजना, समर्पित टोली र भरपर्दो सवारीसाधन भएमा कुनै पनि दुर्गम गन्तव्य पुग्न सकिने प्रेरणा दिन सफल भएको बताएका छन् ।

स्याकार ट्रेडिङ ५७ वर्षदेखि जापानको होण्डा मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक हो । 

ADV

सम्बन्धित खबर

Advertise