२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथ स्थगित

Nada
२०८२ साउन १५ गते ०९:४१
Shares
बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथ स्थगित

काठमाडौँ : बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको आज हुने भनिएको शपथग्रहण कार्यक्रम स्थगित भएको छ ।

ncell

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएको भन्दै अचानक काठमाडौँ हिँडेपछि शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

प्रदेश प्रमुखको कार्यालयद्वारा बुधबार सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिए अनुसार आज दिउसो १ बजे तोकिएको शपथ समारोह स्थगित गरिएको हो ।

बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले विज्ञप्ति जारी गरेर आज दिउँसो १ बजेका लागि तय भएको मन्त्रीहरूको शपथ ग्रहण समारोह अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका छन् ।

‘बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रीज्यूहरूको शपथ ग्रहण समारोह मिति २०८२ श्रावण १५ गते बिहीबार दिनको १ बजेको लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या आएकोले उपचार्थ आज बिहानै काठमाडौँ प्रस्थान गर्नु भएको हुँदा माननीय प्रदेश प्रमुखज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशन नभएसम्मका लागि शपथग्रहण कार्यक्रम हाललाई स्थगित गरिएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।’ विज्ञप्तिमा लेखिएको छ

ताजा खबर

सम्बन्धित खबर