२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

ट्राफिक कारबाही: दुई करोड ४१ लाख राजस्व संकलन

Nada
२०८२ साउन १५ गते ०८:०३
Shares
ट्राफिक कारबाही: दुई करोड ४१ लाख राजस्व संकलन

बागमती : मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा रु. दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व संकलन गरेको छ ।

ncell

उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम संकलन भएको हो ।

आव २०८०/८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरेर रु. तीन करोड ६९ लाख ६७ हजार राजस्व संकलन भएको थियो । मकवानपुरमा आव २०८१/८२ मा भएका ४०७ सवारी दुर्घटनामा  ५० जनाको मृत्यु भएको तथा ९६५ जना घाइते भएका थिए । 

ताजा खबर

सम्बन्धित खबर