२०८२ साउन १५ गते बिहिवार / Jul 31 , 2025 , Thursday
२०८२ साउन १५ गते बिहिवार
Ads

चेम्बरद्वारा स्वास्थ्य शिविर सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ साउन १४ गते २१:१८
चेम्बरद्वारा स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । कमर्सले संस्थाको हीरक जयन्तीका अवसरमा काठमाडौंको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

सो शिविरमा महिलाको स्तन जाँच तथा पाठेघरको मुखको क्यान्सर परीक्षणअन्तर्गत  सयभन्दा बढी महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । मुलुकको समग्र चेम्बर अभियानको ७५औं ऐतिहासिक वर्षगाँठका अवसरमा नेपाल चेम्बर अफ कमर्सले यस वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

हीरक जयन्ती मूल समारोह समितिको समन्वयमा भएको कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र सिल्भरलाइन हस्पिटलले प्राविधिक सहयोग गरेका थिए । बृहत् स्वास्थ्य परीक्षण कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले हीरक जयन्तीका अवसरमा बृहत् स्वास्थ्य परीक्षणलगायतका अन्य विभिन्न कार्यक्रमबाट लाभ लिन महिलाहरूलाई आग्रह गरे । 

महिलाहरूले स्वास्थ्य तन्दुरुस्तीका साथै आर्थिक लाभ हुनेगरी उद्यमी र व्यावसायिक गतिविधिसमेत गर्दै अघि बढ्नुपर्नेमा निवर्तमान अध्यक्ष मल्लले जोड दिए । स्वास्थ्य शिविरबाट काठमाडौंको मनमैजु क्षेत्रका १ सयभन्दा बढी महिलाहरूले स्वास्थ्यलाभ लिएको नेपाल चेम्बर अफ कमर्सको सामाजिक तथा स्वास्थ्य समितिका सभापति मृगेन्द्र मेहर श्रेष्ठले जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise