२०८२ साउन १५ गते बिहिवार / Jul 31 , 2025 , Thursday
२०८२ साउन १५ गते बिहिवार
Ads

उदयपुरमा करेन्ट लागेर कर्मचारीको मृत्यु

shivam cement
बिन्द्र राई
२०८२ साउन १४ गते २१:१०
उदयपुरमा करेन्ट लागेर कर्मचारीको मृत्यु

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकामा विद्युत् मर्मतको क्रममा करेन्ट लागेर एक जना विद्युत् कर्मचारीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–८ बागचौरीमा विद्युत्को पोलमा चढेर लाइन मर्मत गर्ने क्रममा करेन्ट लाग्दा नेपाल विद्युत् प्राधिकरण, गाईघाट शाखामा कार्यरत कर्मचारी ४५ वर्षीय रामकृष्ण राजधामी गम्भीर घाइते भएका थिए ।

गम्भीर अवस्थामा रहेका राजधामीलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतक राजधामी त्रियुगा नगरपालिका–१० का बासिन्दा हुन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise