२०८२ साउन १४ गते बुधवार / Jul 30 , 2025 , Wednesday
२०८२ साउन १४ गते बुधवार
Ads

सुक्खा संकटबीच धनकौल गाउँपालिकाको राहत घोषणा

shivam cement
मध्यान्ह
२०८२ साउन १३ गते २२:३१
सुक्खा संकटबीच धनकौल गाउँपालिकाको राहत घोषणा

सर्लाही : मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषित भएसँगै प्रत्यक्ष असरमा परेका नागरिकलाई राहत दिन सर्लाहीको धनकौल गाउँपालिकाले महत्त्वपूर्ण निर्णयहरू गरेको छ । गाउँपालिका अध्यक्ष रामआश्रय साहको नेतृत्वमा मंगलबार बसेको कार्यपालिका बैठकले पालिकाभित्रका विभिन्न सेवामा शून्य शुल्क नीति लागू गर्ने निर्णय लिएको हो । 

आर्थिक वर्ष २०८२/८३ का लागि मालपोत कर, व्यक्तिगत घटना दर्ताको विलम्ब दस्तुर र प्रतिलिपि दस्तुर पूर्ण रूपमा निःशुल्क हुनेछन् । यस निर्णयबाट सुक्खाको असर खेपिरहेका किसान तथा आम नागरिकलाई आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ ।

साथै, पालिकाले सिँचाइ समस्या समाधान गर्न डिप ट्युबवेल बोरिङ योजनालाई निरन्तरता दिने निर्णय गरेको छ । पानीको अभाव हटाइ कृषकलाई सिँचाइमा सहजता दिने उद्देश्यले यो योजना अघि बढाइएको हो ।

अध्यक्ष साहको पहललाई स्थानीयवासीले संकटको बेला लिइएको सकारात्मक कदम भन्दै स्वागत गरेका छन् । उनीहरूका अनुसार यस्तो निर्णय जनताको समस्या बुझेर लिइएको उदाहरणीय कार्य हो । 

शून्य शुल्क र सिँचाइ योजना जनमुखी र राहतमुखी भएको भन्दै पालिकाले सबै नागरिकलाई यी सुविधा उपयोग गर्न आग्रह गरेको छ ।

स्थानीयवासीले अध्यक्ष साहको यो कदमलाई उनको दोस्रो कार्यकालको प्रमुख उपलब्धिका रूपमा लिएका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise