काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
आईपीओ निष्कासनको व्यवस्थापनका लागि फन्डले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतापत्रमा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डका अध्यक्ष डा. मनीष थापाले हस्ताक्षर गरेका छन् ।
फन्डले स्वच्छ ऊर्जा, यातायात, विद्युतीय सवारी, जलविद्युत्, सूचना प्रविधि, कृषि र आतिथ्य क्षेत्रमा लगानी गर्दै आएको छ । हिमालयन लाइफ, हिमालयन एभरेस्ट, प्रभु महालक्ष्मी, नेपाल रि–इन्स्योरेन्सजस्ता अग्रणी बिमा कम्पनी तथा व्यवसायी राजेन्द्र खेतान र वसन्त चौधरी संस्थाका प्रवर्धक रहेका छन् ।