२०८२ साउन १४ गते बुधवार / Jul 30 , 2025 , Wednesday
२०८२ साउन १४ गते बुधवार
Ads

सार्वजनिक ऋण बढ्यो, सवा खर्ब विदेशी ऋण लिएर ५८ अर्ब भुक्तानी

shivam cement
मध्यान्ह
२०८२ साउन १३ गते २१:०५
सार्वजनिक ऋण बढ्यो, सवा खर्ब विदेशी ऋण लिएर ५८ अर्ब भुक्तानी

तारा पौडेल/मध्यान्ह

काठमाडौं : केपी ओली नेतृत्वको सरकारले गत आर्थिक वर्ष (आव)मा सवा खर्ब बढी विदेशी ऋण लिएर ५८ अर्ब बढी ऋण भुक्तान गर्ने काम गरेको छ । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा सरकारले १ खर्ब २५ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ वैदेशिक ऋण लिएको थियो भने ५८ अर्ब ४० करोड १३ लाख रुपैयाँ वैदेशिक ऋण भुक्तानी गरेको हो । जसमध्ये सरकारले सो अवधिमा ४८ अर्ब ५६ करोड ७८ लाख सावाँ भुक्तानी गरेको छ भने ९ अर्ब ८३ करोड ३५ लाख ब्याज भुक्तानी गरेको छ । 

त्यस्तै, गत आवमा सरकारले ३ खर्ब २९ अर्ब ९९ करोड ७ लाख रुपैयाँ आन्तरिक ऋण लिएर ३ खर्ब ४ अर्ब १९ करोड १२ लाख रुपैयाँ भुक्तानी गरेको छ । सरकारले गत आवमा जम्मा ३ खर्ब ६२ अर्ब ५९ करोड ऋण भुक्तानी गरेको छ । सो आवका लागि सरकारले ऋण भुक्तानीका गर्न ४ खर्ब २ अर्ब ८५ करोड बजेट विनियोजन गरेको थियो ।

गत आवमा सरकारले ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा ४ खर्ब ५५ अर्ब ३९ करोड ६ लाख रुपैयाँ मात्र परिचालन गर्न सफल भएको थियो । कार्यालयकाअनुसार गत आवमा सरकारले आन्तरिकतर्फ ३ खर्ब ३० अर्ब र बाह्यतर्फ २ खर्ब १७ अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो ।

गत आवको एक वर्षको अवधिमा राज्यको सार्वजनिक ऋण भने २ खर्ब बढीले वृद्धि भएको छ । गत आवको साउन महिनाको सुरुमा २४ खर्ब ३८ अर्ब ४८ करोड ८७ लाख सार्वजनिक ऋण रहेकोमा असार मसान्तसम्म आइपुग्दा २६ खर्ब ६९ अर्ब ५७ करोड ७० लाख रुपैयाँ पुगेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार सरकारको एक वर्षको अवधिमा २ खर्ब ३१ अर्ब ८ करोड ८३ लाख रुपैयाँ सार्वजनिक ऋण बढाएको छ । जुन ऋण देशको कुल गार्हस्थ्य उत्पादनको ४३ दशमलव ७१ प्रतिशत हो ।

गत आवको एक वर्ष अवधिमा सरकारको आन्तरिकतर्फको ऋण १२ खर्ब ६३ अर्ब ६ करोड ४५ लाख रुपैयाँ अर्थात् कुल गार्हस्थ्य उत्पादनको २२ दशमलव १४ प्रतिशत र बाह्य ऋणतर्फ १४ खर्ब १ अर्ब ३५ करोड २८ लाख अर्थात् कुल गार्हस्थ्य उत्पादनको २४ दशमलव ५६ प्रतिशत पुगेको छ ।

ADV

सम्बन्धित खबर

Advertise