काठमाडौं : सग्तानी ग्रुप, लाइफ आइसक्रिम मेसिनरीज र नेपाल–इटाली उद्योग वाणिज्य संघको सहकार्यमा “नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण” विषयक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल र इटालीका खाद्य उद्योगका विज्ञ, उद्यमी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सो अवसरमा इटालीका प्रमुख ब्रान्डहरू- लाइफ, टेकनोइस पेक्निट कोल्ड कारले उत्पादनदेखि ढुवानीसम्मका अत्याधुनिक, दिगो र प्रभावकारी प्रविधिहरू प्रदर्शन गरे ।
यो सहकार्यले नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरुवात गर्नुका साथै नेपाल–इटालीबीचको औद्योगिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाएको नेपाल–इटाली उद्योग वाणिज्य संघले जनाएको छ ।