२०८२ साउन १४ गते बुधवार / Jul 30 , 2025 , Wednesday
२०८२ साउन १४ गते बुधवार
Ads

सुदूरपश्चिमका दुई मन्त्री चढेको गाडी एकआपसमा ठोक्कियो

shivam cement
मध्यान्ह
२०८२ साउन १३ गते १४:३३
सुदूरपश्चिमका दुई मन्त्री चढेको गाडी एकआपसमा ठोक्कियो

काठमाडौं : सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढेको गाडी लम्कीमा एकआपसमा ठोक्किँदा सवारी साधनमा क्षति पुगेको छ । मंगलबार दिउँसो कैलालीको चिसापानीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की सवार गाडी एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

सार्की चढेको से.१ झ ३३० नम्बरको गाडीले पाल चढेको बा.२ झ १४१९ नम्बरको गाडीलाई पछाडिबाट ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ठक्करबाट पाल सवार गाडीको पछाडिको भाग र सार्की चढेको गाडीको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिसापानीस्थित कटासे जलविद्युत आयोजना उद्घाटन कार्यक्रममा सहभागी हुन जाँदै थिए ।

ADV

सम्बन्धित खबर

Advertise