काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।
आज चाँदी पाँच रुपैयाँले बढेर दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी दुई हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।