२०८२ साउन १३ गते मङ्गलवार / Jul 29 , 2025 , Tuesday
२०८२ साउन १३ गते मङ्गलवार
Ads

नाइमा मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ ब्रान्ड लन्च हुँदै

shivam cement
मध्यान्ह
२०८२ साउन १२ गते २०:५१
नाइमा मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ ब्रान्ड लन्च हुँदै

काठमाडौं : ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा ३५ वटा नयाँ ब्रान्ड लन्च हुने भएको छ । सोमबार काठमाडौंको सोल्टी होटलमा पत्रकार सम्मेलन गर्दै नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)द्वारा आयोजना गरिने प्रदर्शनीमा हुने सवारीसाधनको विशेषताबारे आयोजकले जानकारी दिएको हो ।

कार्यक्रममा अटो एक्स्पो समिति प्रमुख शिरीषकुमार मुरारकाले एक्स्पो भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने जानकारी गराउँदै त्यहाँका भौतिक पूर्वाधारमा गरिएको सुधारबारे जानकारी गराएका थिए । मुरारकाका अनुसार प्रदर्शनीमा नयाँ प्रविधि र मोडल सार्वजनिक गरिनेछन् । विद्युतीय सवारीसाधनदेखि नवीनतम मोबिलिटी समाधानसम्मको समावेश रहने उनले जानकारी दिए । 

१५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र पाँचवटा व्यावसायिक सवारीसाधन पहिलोपटक सार्वजनिक गरिने तयारी गरिएको उनले बताए । पत्रकार सम्मेलनमा एक्सपोको मुख्य प्रायोजक एभरेस्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णुप्रसाद ज्ञवाली र नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति गर्व लागेको बताएका थिए ।

नाइमाले एक्स्पो लक्षित विशेष अनलाइन प्रतियोगिता पनि घोषणा गरेको छ । कार्यक्रमको समापनमा बोल्दै नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले नाइमा मोबिलिटी एक्स्पो २०२५ नेपालको इतिहासमै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी हुने दाबी गरेकी थिइन् ।

ADV

सम्बन्धित खबर

Advertise