२०८२ साउन १३ गते मङ्गलवार / Jul 29 , 2025 , Tuesday
२०८२ साउन १३ गते मङ्गलवार
Ads

ज्योति विकास बैंकद्वारा इन्टरबैंक टेलर क्यूआर सञ्चालन

shivam cement
मध्यान्ह
२०८२ साउन १२ गते २०:४६
ज्योति विकास बैंकद्वारा इन्टरबैंक टेलर क्यूआर सञ्चालन

काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले इन्टरबैंक टेलर क्यूआर सेवा सञ्चालनमा ल्याएको छ । १७औं वार्षिकोत्सवका अवसरमा डिजिटल सेवा प्रवद्र्धन र ग्राहकमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै सो सेवा सञ्चालनमा ल्याएको हो ।

यस डिजिटल सेवाको माध्यमबाट अब ज्योति विकास बैंकमा खाता नभएका नागरिकले पनि सम्बन्धित बैंकको मोबाइल बैंकिङ एपको प्रयोगबाट ज्योति विकास बैंकको जुनसुकै शाखामा गई नगद निकाल्न सक्ने जनाइएको छ । सो सुविधाले आमनागरिकलाई थप सहजता हुने विश्वास बैंकले लिएको छ ।

ज्योति विकास बैंकले हाल १ सय २१ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

ADV

सम्बन्धित खबर

Advertise