काठमाडौं : एनआईसी एसिया बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर (केडीसी)को उपचार सेवामा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच बैंकका ग्राहकलाई दाँतको उपचार सेवामा छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
सो सम्झौतापछि बैंकका ग्राहकले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरूमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले जनरल हस्पिटल सेवाको शुल्कमा १५ प्रतिशत, फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । साथै, दाँतको उपचार सेवा (डेन्टल इम्प्लान्ट्स, भेनिर, ब्रेसेस अलाइनर, डर्माटोलोजिस्टमा ७ प्रतिशत छुट उपभोग गर्न सक्नेछन् ।
ग्राहकहरूले काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टर/कान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड डेन्टल हस्पिटलमा छुट प्राप्त गर्न सक्ने जनाइएको छ । त्यस्तै, कान्तिपुर डेन्टल सेन्टरका नाममा काठमाडौंस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमामा पनि छुट सुविधा उपभोग गर्न सक्नेछन् ।