पोखरा : प्रोटोनले आफ्नो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं बाहिर पहिलोपल्ट पोखराको बुद्धचोकमा सोरुम स्थापना गरेको हो ।
काठमाडौंको नक्साल र थापाथलीपछि यो तेस्रो सोरुम हो । सो अवसरमा प्रोटोनले सम्भावित ग्राहकका लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, सजिलो फाइनान्स र सरकारी अनुदानका विकल्पबारे पनि सहजीकरण गरेको जनाएको छ । बिक्रीपछिको ‘सेल्स सपोर्ट’लाई अझ विश्वासिलो बनाउन नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकलाई विश्वस्तरीय सेवा सुनिश्चित गर्दै पोखराभित्र तेस्रो सर्भिस सेन्टर स्थापना गरेको हो ।
उद्घाटनका अवसरमा ग्राहकलाई प्रोटोन ईमास ७ को प्रमुख विशेषता, यसको स्मार्ट प्रविधि र दिगो यातायातप्रतिको प्रतिबद्धबारे जानकारी गराइएको थियो । जगदम्बा मोटर्सले पोखरामा सोरुम उद्घाटनको पहिलो सातासम्म ग्राहकका लागि प्रोटोन ईमास ७ खरिदमा शून्य प्रतिशत ब्याजदरको घोषणा गरेको छ ।