२०८२ साउन १२ गते सोमवार / Jul 28 , 2025 , Monday
२०८२ साउन १२ गते सोमवार
Ads

अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्- कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ

shivam cement
मध्यान्ह
२०८२ साउन १२ गते १४:०४
अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्- कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बेरुजु शून्य देखिएको छ । प्रत्येक वर्ष ठुलो मात्रमा बेरुजु बढिरहेका बेला अख्तियारको भने बेरुजु शून्य देखिएको हो ।

सोमबार सार्वजनिक लेखा समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायण शर्मा दुवाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अहिलेसम्म बेरुजु कुनैपनि नरहेको जानकारी दिए । उनले कानुनको परिपालना गरेर कार्यसम्पादन गर्ने हो भने कुनैपनि बेरुजु नरहने बताए ।

सचिव दुवाडीले भने, ‘कानुनअनुसार काम गरेकै कारण बेरुजु नआएको हो । इमान्दारितापूर्वक कानुनको परिपालना गरौं । बेरुजु रहन्न । निकायहरुमा अहिले धेरै बेरुजु देखिने गरेको छ । सबै बेरुजु भ्रष्टाचार नभएपनि बेरुजु एक भ्रष्टाचारको सुरुवात हो । कतिपय बेरुजु भ्रष्टाचारमा परिणत भएका छन् । अख्तियार समेत आकर्षित हुने गरेको छ ।’

उनकाअनुसार बेरुजु फर्छ्यौट गर्न कानुनको परिपालना गर्नैपर्छ भने व्यवस्थित लेखा प्रणाली नहुनु पनि बेरुजु बढ्नुको एक कारण हो । कमजोर कारबाही प्रणाली, बेरुजु फर्छ्यौट गर्ने दायित्व कसको हो भन्नेबारे दुविधा रहनु, बारम्बार कर्मचारी परिवर्तनले पनि फछ्र्यौटमा समस्या पारेको उनको भनाइ छ ।

सचिव दुवाडीकाअनुसार औचित्य पुष्टि नहुने गरी अनेक शीर्षकमा बजेटमा राखिने भएकाले पनि बेरुजु बढेको हो । बेरुजु फर्छ्यौट शासकीय इस्यु भएकाले पनि शून्य बेरुजु कायम गर्नेगरी अघि बढ्नुपर्छ ।

ADV

सम्बन्धित खबर

Advertise