२०८२ साउन १२ गते सोमवार / Jul 28 , 2025 , Monday
२०८२ साउन १२ गते सोमवार
Ads

नेशनल लाइफको गाला कन्सर्ट सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ साउन ११ गते २०:५४
नेशनल लाइफको गाला कन्सर्ट सम्पन्न

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको गाला कन्सर्ट सम्पन्न भएको छ । काठमाडौंको सोल्टी होटलमा भव्य कार्यक्रमका बीच उक्त कन्सर्ट सम्पन्न भएको हो ।

कार्यक्रममा नेशनल लाइफले २०८१ जेठ महिनामा जारी गरेको मासिक योजना अनुरूप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरू सहित कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरू र विभिन्न शाखाका शाखा प्रमुखहरू गरी करिब तीन सय जनाको उपस्थिति रहेको थियो ।

कन्सर्टमा स्ट्याण्ड अप कमेडीका लागि चर्चित कलाकार सन्दीप क्षेत्रीको प्रहसन सहित नेपालका चर्चित कलाकारहरू प्रमोद खरेल, मेलिना राई र हेमन्त शर्मा लगायतले सांगीतिक प्रस्तुती दिएका थिए । गाला कन्सर्टमा कम्पनीका उप कार्यकारी अधिकृतले नेशनल लाइफले सदा र्झै अभिकर्ताहरूको चाहानालाई मध्यनजर गर्दै विभिन्न योजनाहरू ल्याउने क्रममा गाला कन्सर्टको अवधारणा ल्याइएको बताएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise