२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एनआईसी एशिया लघुवित्तद्वारा स्वास्थ्य सचेतना कार्यक्रम

Nada
२०८२ साउन ११ गते २०:४९
Shares
एनआईसी एशिया लघुवित्तद्वारा स्वास्थ्य सचेतना कार्यक्रम

काठमाडौं : एनआईसी एशिया लघुवित्तले स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले साउन ६ गते धरान शाखा, साउन ७ गते लेटाङ शाखा तथा साउन ९ गते गौरादह शाखामा सो कार्यक्रम सम्पन्न गरेको हो ।

ncell

कार्यक्रमबाट धरानमा आयोजित कार्यक्रममा ७० जना, लेटाङमा ७२ जना तथा गौरादहमा ७० जना सदस्यहरू लाभान्वित भएका छन् । एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा सम्बन्धित शाखाका प्रमुख, जनप्रतिनिधि, एन्जल फाउन्डेसनका प्रतिनिधि एवम् अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हृदयघात, सर्पदंश, जलन, कुकुरको टोकाइ, पानीमा डुब्ने तथा करेन्ट लागेपछि गरिने प्राथमिक उपचारका सम्बन्धमा जानकारी दिइएको थियो भने पाइल्स, फिसर, फिस्टुला जस्ता रोगको रोकथाम तथा उपचारका विषयमा पनि जानकारी दिइएको थियो । 

साथै, वित्तीय सचेतनाका विषयमा पनि कार्यक्रममा छलफल चलाइएको थियो । आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने जानकारी संस्थाले दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर