२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

नाउपाको कार्यवाहक अध्यक्षमा बास्तोला, स्वास्थ्य समस्या देखाउँदै रञ्जिता श्रेष्ठ जिम्मेवारीबाट अलग

shivam cement
मध्यान्ह
२०८२ साउन ११ गते १५:३०
नाउपाको कार्यवाहक अध्यक्षमा बास्तोला, स्वास्थ्य समस्या देखाउँदै रञ्जिता श्रेष्ठ जिम्मेवारीबाट अलग

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी छन् ।

श्रेष्ठले शनिबार पोखरा निवासी बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी हुन् । श्रेष्ठले स्वास्थ्य समस्याका कारण पार्टीको नेतृत्व गर्न असमर्थ भएको जानकारी गराउँदै बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् ।

नाउपाको विधानअनुसार अध्यक्षले कार्यवाहक अध्यक्ष तोक्न सक्ने व्यवस्था छ ।

बास्तोला अध्यक्ष श्रेष्ठ र पार्टी संरक्षक रेशम चौधरीनिकट मानिन्छन् । चौधरीले हालै अध्यक्ष श्रेष्ठप्रति लक्षित गर्दै केन्द्रीय समितिमा जवाफ दिनुपर्ने र भागेर नहिँड्नुपर्ने टिप्पणी गरेका थिए ।

श्रेष्ठ केही समयअघि पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा मुछिएकी थिइन् । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन समेत पुगेकी थिइन् । सार्वजनिक अडियोमा श्रेष्ठले घुसको प्रस्ताव गर्दै गरेको आवाज रहेको दाबी पनि गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise