२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

भूमिसम्बन्धी ऐन संविधानविरोधी छ : उपेन्द्र यादव

shivam cement
मध्यान्ह
२०८२ साउन ११ गते १५:१७
भूमिसम्बन्धी ऐन संविधानविरोधी छ : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ संविधानविरोधी भएको बताएका छन् ।

आइतबारको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल भइरहेको छ ।

उनले प्रदेश सभालाई ऐन ल्याउन नसोधेको भए यो संविधानको उल्लंघन र संघीयतामाथिको प्रहार भएको बताए । विधेयक कुन मनसायले ल्याएको हो भन्नेकुरा स्पष्ट नभएको उनले बताए । सुकुम्बासी समस्या हल गर्न अहिलेकै कानुन पर्याप्त रहेको उनले बताए ।

अध्यक्ष यादवले भूमिहिनको समस्या समाधान गर्न रियलस्टेट र भूमाफियालाई जग्गा दिनुपर्छ ? भन्दै प्रश्न गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise