२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली

shivam cement
मध्यान्ह
२०८२ साउन ११ गते १३:४७
राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने बताएका छन् । आइतबार बालुवाटारमा बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा उनले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताए ।

दरबार हत्यकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरुमाथि प्रतिबन्ध नभए पनि नेताहरुलाई जेल हालेको स्मरण गरे । सरकारी राज्यका निकायहरु छोडेर आफ्ना खुशीले अराएका मान्छेले मुद्दा लगाउने, फसाउने काम भएको उनले बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिमा कतिबेला को जेल पर्छ, पर्दैन भन्न सकिँदैन । पूर्वाग्रह, प्रतिशोध । अस्तिमात्रै दरबार हत्यकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरुमाथि प्रतिबन्ध नभए पनि प्रतिबन्ध त लागेकै थियो, नेताहरुलाई सबैलाई घरघरमा, जेलमा लगेर थुन्ने, सरकारी राज्यका निकायहरु छोडेर आफ्ना खुशीले अराएका मान्छेले मुद्दा लगाउने, फसाउने ति काम त मान्छेलाई, नेताहरुलाई मुद्दा लगाउनका लागि एउटा शाही छानविन आयोग की के भनेर ज्ञानेन्द्र शाह भ्रष्टाचार विरोधी देखिएर शेरबहादुर देउवाका विरुद्ध एउटा शाही आयोगले मुद्दा चलायो । यो भन्दा ड्रामा अर्को के हुन्छ, यो ड्रामालाई अर्को के नाम दिने । यस्ता ड्रामालाई अस्तिसम्म पनि लड्न परेकै हो ।’

प्रधानमन्त्री ओलीले देशका लागि आफ्नो जीवनको आहूति गर्ने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्न नहुने बताए । उनले देशका लागि योगदान गर्ने नेताहरुमाथि फराकिलो दृष्टिकोण राख्नुपर्ने बताए ।

जवाफ दिन आउन नसक्ने भएकाले दिवंगत नेताहरुमाथि कुनै आरोप लगाउन नहुने उनले बताए । बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी अब पार्टी विशेषको नेता नभइ देशको नेता भएको उनले उल्लेख गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise