२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

shivam cement
मध्यान्ह
२०८२ साउन ११ गते ०८:४६
मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

काठमाडौँ : मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकअनुसार ४  अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको हो । 

एक वर्षमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिए । २०८०/८१ मा ३ अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको चिया निर्यात भएको उनले बताए ।

कार्यालयको तथ्यांकअनुसार २०८१/८२ मा अलैँचीको निर्यात ३ दशमलव २० प्रतिशतले घटेको छ । उक्त एक वर्षको अवधिमा ७ अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको छ । अघिल्लो आव २०८०/८१ को सोही अवधिमा ७ अर्ब ९३ करोड ९ लाख ९० हजार बराबरको अलैँची निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।

मेची भन्सारबाट गत आव २०८१/८२ मा २५ अर्ब १३ करोड ९७ लाख ५० हजारको मालवस्तु निर्यात भएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise