२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

एनपीएलको अक्सन साउन २४ गते हुने, ४ सय ५८ खेलाडी दर्ता

shivam cement
मध्यान्ह
२०८२ साउन १० गते १७:०२
एनपीएलको अक्सन साउन २४ गते हुने, ४ सय ५८ खेलाडी दर्ता

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति निकालेर एनपीएलको अक्सन साउन २४ गते हुने जानकारी दिएको हो ।

क्यानका अनुसार खेलाडी दर्ता प्रक्रिया कुल ४ सय ५८ जना नेपाली क्रिकेट खेलाडीहरूले नाम दर्ता गराएका छन् ।  दर्ता भएका सम्पूर्ण खेलाडीहरूको विवरण नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी ८ फ्रेञ्चाईज टोलीहरूलाई उपलब्ध गराई संघको प्राविधिक समितिले तयार गरेको मापदण्ड र फ्रेञ्चाईज टोलीहरूले इच्छ्याएका खेलाडीहरूको सूचीवाट अक्सनमा सहभागी हुने खेलाडीहरूको अन्तिम नामावली प्रकाशन गरिने क्यानले जनाएको छ ।

क्यानले दोस्रो संस्करणको एनपीएल आउँदो नोभेम्बर/डिसेम्बरमा आयोजनाको गर्ने तयारी गरेको छ । पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधि जितेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise