२०८२ साउन ८ गते बिहिवार / Jul 24 , 2025 , Thursday
२०८२ साउन ८ गते बिहिवार
Ads

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको संख्या झन्डै २४ लाख

shivam cement
मध्यान्ह
२०८२ साउन ७ गते १६:५४
सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको संख्या झन्डै २४ लाख

काठमाडौंः सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता श्रमिकको संख्या झन्डै २४ लाख पुगेको छ । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै कोषले गत आर्थिक वर्ष २०८१/०८२ मा सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता श्रमिकको संख्या २३ लाख ७४ हजार ४८६ पुगेको जानकारी दिएको छ ।

कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार योगदानकर्ता श्रमिकको संख्या गत आ.व.मा मात्रै ८ लाख ८२ हजार ९४६ ले वृद्धि भइ कुल २३ लाख ७४ हजार ४८६ पुगेको हो । जसमध्ये औपचारिकतर्फ ६ लाख १ हजार ८२५, वैदेशिक क्षेत्रतर्फ १७ लाख ७१ हजार ५३७ तथा अनौपचारिक र स्वरोजगार क्षेत्रतर्फ १ हजार १२४ रहेको छ ।

प्रवक्ता अधिकारीले गत आ.व. २०८१/०८२ मा थप २५ अर्ब ३६ करोड रुपैयाँ योगदान रकम संकलनसहित कुुल योगदान रकम संकलन ८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको जानकारी दिए । यस्तै सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम संकलनमा उल्लेख्य वृद्धि भएको बताउँदै उनले कुल रोजगारदाता सूचीकरण संख्या २० हजार ९५१ पुगेको बताए ।

कोषमा आबद्ध भइ नियमित योगदान गरेका योगदानकर्ताहरूलाई कोषले सञ्चालनमा ल्याएका सामाजिक सुरक्षा योजनाहरूको उपयोग गरेबापत भुक्तानी गर्दै आइरहेको उनले बताए । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत १ लाख १० हजार ६९६ योगदानकर्तालाई २ अर्ब १५ करोड, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ५ हजार ९३३ योगदानकर्तालाई २० करोड, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ७ सय ४५ योगदानकर्तालाई २६ करोड र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत १ लाख १२ हजार ८ सय ६८ योगदानकर्तालाई १३ अर्ब १३ करोड भुक्तानी भएको पनि प्रवक्ता अधिकारीले जानकारी दिए ।

उनका अनुसार आ.व. २०८१/८२ मा थप ३ लाख ६२ हजार वटा दाबी भुक्तानीमार्फत ५ अर्ब ८७ करोड रुपैयाँसहित कुल ७ लाख ५६ हजार वटा दाबी भुक्तानीमार्फत हालसम्म कुल १५ अर्ब ७५ करोड रकम भुक्तानी गरिएको छ । योगदानकर्ता सापटीअन्तर्गत ३४ हजार २० योगदानकर्तालाई विशेष सापटीबापत ६ अर्ब ९० करोड, ६७ योगदानकर्तालाई घर सापटीबापत १३ करोड र १० योगदानकर्तालाई शैक्षिक सापटीबापत १ करोड गरी कुल ३४ हजार ९७ योगदानकर्तालाई ७ अर्ब ४ करोड रुपैयाँ भुक्तानी गरिएको उनले बताए ।

कोषको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन आ.व. २०८१/८२ मा थप २४ वटासहित कुल १०७ वटा स्वास्थ्य संस्थासँग स्वचालित प्रणाली जडान भइ सेवा प्रवाह भइरहेको जानकाारी दिँदै प्रवक्ता अधिकारीले वैदेशिक रोजगारी र स्वरोजगारीमा रहेका व्यक्तिहरूको कोषमा योगदान रकम संकलन कार्यलाई थप सहज बनाउन १२ वटा वित्तीय संस्थासँग आवश्यक सहकार्यका लागि सम्झौता गरिएको बताए ।
 

ADV

सम्बन्धित खबर

Advertise