२०८२ साउन ८ गते बिहिवार / Jul 24 , 2025 , Thursday
२०८२ साउन ८ गते बिहिवार
Ads

राष्ट्रको गौरवका रुपमा रहेको व्यक्ति कुनै दलमा आबद्ध हुन मिल्दैन : एमाले

shivam cement
मध्यान्ह
२०८२ साउन ७ गते १५:४५
राष्ट्रको गौरवका रुपमा रहेको व्यक्ति कुनै दलमा आबद्ध हुन मिल्दैन : एमाले

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति र सभामुखबीचको अन्तरलाई बुझ्न सक्नुपर्ने बताएका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा सक्रिय राजनीति गर्नका लागि केन्द्रीय कमिटीको बैठकले रोकेसँगै सञ्चारकर्मीहरुसँग बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आययोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

सभामुख सक्रिय राजनीतिमा फर्किन मिल्ने, तर राष्ट्रपति किन नमिल्ने भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले संविधानमा सभामुख संसदको सदस्य नै रहनुपर्ने व्यवस्था रहेको, तर राष्ट्रपतिले सबै आबद्धता त्याग गर्नुपर्ने प्रावधान रहेको बताए ।

सभामुख आफैंमा राजनीतिक जिम्मेवारी भएको उनले बताए । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय हुन नमिल्ने निर्णय गरेको थियो । राष्ट्रको गौरव भइसकेको साझा व्यक्तित्व कुनै राजनीतिक दलसँग आबद्ध हुन नमिल्ने एमालेको निष्कर्ष छ । 

महासचिव पोखरेलले राष्ट्रपति सबै अंगहरुको साझा अभिभावक भएको उल्लेख गरे । उनले मुलुकको राष्ट्राध्यक्ष भइसकेको व्यक्ति अवकाश प्राप्त गरिसकेपछि राजनीतिमा फर्किने विषय संविधानले परिकल्पना नगरेको जिकिर गरे ।

ADV

सम्बन्धित खबर

Advertise