२०८२ भदौ २२ गते आइतवार / Sep 07 , 2025 , Sunday
२०८२ भदौ २२ गते आइतवार
Ads

महेशपुर भन्सारबाट १६ करोड राजस्व संकलन

shivam cement
मध्यान्ह
२०८२ साउन ७ गते ०९:४८
महेशपुर भन्सारबाट १६ करोड राजस्व संकलन

काठमाडौँ : आर्थिक वर्ष २०८१/८२ मा रु. १६ करोड ६६ हजार राजस्व संकलन गरेको बर्दघाट सुस्तापश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायका अनुसार आव २०८१/८२ मा रु १५ करोड ४६ लाख ९१ हजार राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य रहेको थियो ।

भन्सार महसुल आयाततर्फ रु. १० करोड २० लाख ५८ हजार, कृषि सुधार शुल्कतर्फ रु. १४ लाख ७३ हजार, भन्सारसम्बन्धी अन्य आय (पैठारी भन्सार सेवा दस्तुर) तर्फ रु. पाँच लाख ४८ हजार, अग्रिम आयकर रु. २७ हजार र मूल्य अभिवृद्धि कर रु. चार करोड ८३ लाख आठ हजार संकलन भएको छ ।

यसैगरी अन्त:शुल्क रु ४८ लाख ६२ हजार, सडक मर्मत तथा सुधार दस्तुर रु पाँच लाख १२ हजार, हरित कर रु. ११ लाख ३५ हजार, अन्य कर तथा शुल्क (अन्य प्रशासनिक सेवातर्फ) रु. ११ लाख ३९ हजार राजस्व संकलन भएको छ । कार्यालय प्रमुख उपाध्यायका अनुसार २०७५ असोज ७ गते महेशपुर छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्थापना गरिएको हो ।

ADV

सम्बन्धित खबर

Advertise