२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

गोरखा ब्रुअरी र पठाओको ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान

shivam cement
मध्यान्ह
२०८२ साउन ६ गते २१:२८
गोरखा ब्रुअरी र पठाओको ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान

काठमाडौं : गोरखा ब्रुअरी प्रालिले नेपालको राइड–हेलिङ प्लेटफर्म पठाओसँग सहकार्य गर्दै ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान सुरु गरेको छ । गोरखा ब्रुअरीको वातावरण, सामाजिक उत्तरदायित्व र सुशासन (ईएसजी) सम्बन्धी प्रतिबद्धताको हिस्सा रहेको र यसले दिगोपन अभियान ‘टुगेदर टुवार्डस जेरो एन्ड बियोन्ड’ अन्तर्गत जेरो इरेस्पनसिबल ड्रिंकिङ लक्ष्यलाई समर्थन गर्नेगरी सो अभियान सुरु गरिएको हो ।

अभियानमार्फत रात्रिकालीन स्थलहरूमा सहभागी हुने व्यक्तिहरूलाई मद्यपान पछिको यात्रा सुरक्षित बनाउन पठाओजस्ता सेवाको उपयोग गर्न प्रेरित गरिने जनाइएको छ । यसले ‘ड्रिंक एन्ड ड्राइभ’ विरुद्ध सचेतना फैलाउँदै दीर्घकालीन जिम्मेवार व्यवहारलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

गोरखा ब्रुअरीका बजार निर्देशक रोजन अमात्यले यो अभियान केवल सन्देश मात्र नभई चेतना र सोचमा रूपान्तरण ल्याउने प्रयास भएको बताए । अभियानको प्रारम्भिक चरण काठमाडौं उपत्यकामा सञ्चालन हुनेछ । पठाओको डेटा–आधारित संचार संयन्त्रमार्फत् सामाजिक तथा मनोरञ्जन क्षेत्रहरूमा लक्षित सन्देश प्रवाह गरिनेछ, जसले प्रभावकारी रूपमा जिम्मेवार मद्यपानबारे सचेतना फैलाउने अपेक्षा गरिएको छ ।

नेपालमा ब्रुअरी कम्पनी र राइड–हेलिङ प्लेटफर्मबीच जिम्मेवार मद्यपान प्रवद्र्धनका लागि यस किसिमको सहकार्य पहिलो हो । यसले उद्देश्य–केन्द्रित सहकार्यमार्फत् समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने सम्भावना उजागर गरेको छ ।

गोरखा ब्रुअरी र पठाओले दिगोपनका प्रतिबद्धतालाई व्यावहारिक कार्यद्वारा रूपान्तरण गर्दै, सकारात्मक परिवर्तन सचेत निर्णय र सामूहिक प्रयासबाट सुरु हुने स्पष्ट सन्देश दिएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise