२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एनआइसी एशिया लघुवित्तको वित्तीय साक्षरता अभियान

Nada
२०८२ साउन ६ गते २१:२७
Shares
एनआइसी एशिया लघुवित्तको वित्तीय साक्षरता अभियान

काठमाडौं : एनआईसी एशिया लघुवित्तले गत सोमबार स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको बराह क्षेत्र शाखाको आयोजना तथा एन्जल फाउन्डेशनको प्राविधिक सहयोगमा बराहक्षेत्र–२, सुनसरीको आदर्श माविमा उक्त कार्यक्रम भएको हो ।

ncell

कार्यक्रममा ८८ जना सदस्यको उपस्तिथिति रहेको थियो । कार्यक्रममा शाखा प्रमुख मनोज राई, जन प्रतिनिधि दीपक राई, एन्जल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत जयसिंह राजबंशी लगायतले हृदयघात, सर्पदंश, जलन, कुकुरको टोकाइ, पानीमा डुब्ने तथा करेन्ट लागेपछि गरिने प्राथमिक उपचारका सम्बन्धमा जानकारीमूलक प्रस्तुति दिएका थिए ।

त्यस्तै, पाइल्स, फिसर, फिस्टुला जस्ता रोगको रोकथाम तथा उपचारका विषयमा पनि जानकारी दिइएको थियो । साथै वित्तीय सचेतनाका विषयमा पनि कार्यक्रममा छलफल चलाइएको थियो ।

ताजा खबर

सम्बन्धित खबर