काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् । मंगलबार समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्युरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा शरदहरि गजुर्यालले हस्ताक्षर गरेसँगै सो सुविधा प्राप्त हुने भएको हो ।
समझदारीअनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक एवम् बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले अन्नपूर्ण न्यूरो अस्पतालका सेवामा १० प्रतिशत छुट पाउनेछन् ।
अन्नपूर्ण न्यूरो अस्पतालले उपलब्ध गराउने सेवाहरू हेल्थ प्याकेज, प्याथोलोजी, रेडियोलोजी, एम्बुलेन्स सेवा, बेड शुल्क, सर्जरी तथा अन्य विभिन्न सेवा शुल्कहरूमा ग्लोबल आईएमई बैंकका ग्राहकहरूले छुट पाउनेछन् । नसा रोगसम्बन्धी सेवाको लागि लोकप्रिय अन्नपूर्ण न्यूरो अस्पतालले अन्य विशेषज्ञ सेवासमेत उपलब्ध गराउँदै आएको छ ।