२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

shivam cement
२०८२ साउन ६ गते १०:१८
Shares
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारबाट सुरु भएको बैठक आज पनि बिहान ११ बजेबाट सुरु हुनेछ ।

बैठकमा आगामी दोस्रो विधान महाधिवेशन को तयारीमा केन्द्रित रहेर छलफल भइरहेको छ । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनको अवधारणासहित समसामयिक विषयमा सम्बोधन गरेका छन् ।

यस्तै, भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनको तयारीबारे पनि विस्तृत छलफल भइरहेको छ । बैठकमा आज बाँकी केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन्। कतिपय केन्द्रीय सदस्यले लिखित रुपमा धारणाहरु बुझाएका छन् । 

ADV

सम्बन्धित खबर