२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

राजस्व संकलनमा सात दशमलव ४४ प्रतिदशले वृद्धि

Nada
२०८२ साउन ६ गते ०८:२५
Shares
राजस्व संकलनमा सात दशमलव ४४ प्रतिदशले वृद्धि

कैलाली : आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/८२ मा रु. दुई अर्ब ८७ करोड ७७ लाख ८८ हजार राजस्व संकलन गरेको छ । सो रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा सात दशमलव ४४ प्रतिशतले बढी हो ।

ncell

कार्यालयले गत आवमा रु. तीन अर्ब ५३ करोड ५८ लाख ५८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ८१ दशमलव ३९ प्रतिशत संकलन भएको राजस्व कार्यालयका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिए । गत आवको लक्ष्य बराबरको राजस्व संकलन नभए पनि अघिल्लो आवको तुलनामा बढी संकलन भएको उनले बताए ।

राजस्व कार्यालयले गत आवमा आयकरअन्तर्गत साझेदारी आयकरबाट रु. २६ करोड ७३ लाख आठ हजार, व्यक्तिगत आयकरबाट रु. एक अर्ब २७ करोड ५९ लाख ८१ हजार, अन्त:शुल्क आयकरबाट रु. १६ करोड ४३ लाख ९५ हजार र मूल्य अभिवृद्धि करबाट रु. एक अर्ब ११ करोड चार लाख ४३ हजार राजस्व संकलन गरेको उनले बताए । आव २०८०/८१ मा रु. तीन अर्ब आठ करोड ४१ लाख ४० हजार लक्ष्य लिएकामा रु. दुई अर्ब ६७ करोड ८४ लाख ७५ हजार राजस्व संकलन गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर