२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बीवाईडीद्वारा एक करोड ३० लाख सवारी साधन उत्पादन

Nada
२०८२ साउन ५ गते २१:५६
Shares
बीवाईडीद्वारा एक करोड ३० लाख सवारी साधन उत्पादन

काठमाडौं : चिनियाँ सवारी साधन निर्माता कम्पनी बीवाईडीले एक करोड ३० लाख युनिट सवारीसाधन उत्पादन गरेर उत्सव मनाएको छ ।

ncell

चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा माइलस्टोन मोडलको रूपमा याङवाङ यु७ लाई कम्पनीले एक करोड ३० लाख सवारीको रूपमा सार्वजनिक गरेर उत्सव मनाएको हो । 

सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा बीवाईडीको बिक्री लगातार रूपमा बढिरहेको कम्पनीले जनाएको छ । गत जनवरीदेखि जुनसम्मको अवधिमा बीवाईडीको आन्तरिक बिक्रीमा गत वर्षको सोही अवधिको तुलनामा ३१.५ प्रतिशत वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ । त्यसैगरी, सोही अवधिमा अन्तर्राष्ट्रिय बिक्री १२८.५ प्रतिशत वृद्धि भई चार लाख ७२ हजार युनिट पुगेको छ । 

याङवाङ १० हजार युनिट बिक्री पार गर्ने चीनको पहिलो अल्ट्रा–लक्जरी अटोमोटिभ ब्रान्डको रूपमा परिचित समेत हुन पुगेको कम्पनीको दाबी छ ।

ताजा खबर

सम्बन्धित खबर