२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एनआईसी एसिया र एएसजी आई केयरबीच छुटबारे सम्झौता

Nada
२०८२ साउन ५ गते २१:५५
Shares
एनआईसी एसिया र एएसजी आई केयरबीच छुटबारे सम्झौता

काठमाडौं : एनआईसी एसिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच बैंकका ग्राहकहरूको आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । बैंकका ग्राहकहरूले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेगरी सो सम्झौता भएको हो ।

ncell

सम्झौतासँगै बैंकका ग्राहकहरूले सर्जरीमा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म, माइनर इन्भेस्टिगेसन र अप्टिकल तथा लेन्समामा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहकहरूले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न सक्नेछन् । यस सुविधाको उपभोग गर्न यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत् भुक्तानी गर्नुपर्ने हुन्छ ।

ताजा खबर

सम्बन्धित खबर