२०८२ साउन ६ गते मङ्गलवार / Jul 22 , 2025 , Tuesday
२०८२ साउन ६ गते मङ्गलवार
Ads

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल उपविजेतामै सीमित

shivam cement
मध्यान्ह
२०८२ साउन ५ गते २१:०८
साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल उपविजेतामै सीमित

काठमाडौं : साफ यु–२० महिला च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेतामै सीमित भएको छ । बंगलादेशकी सागोरिका मोसमतको चम्किलो प्रदर्शनसँगै साविक विजेता बंगलादेशले उपाधि रक्षा गरेको हो ।

सोमबार बंगलादेशको बसुन्धरा किङ्स एरेनामा सम्पन्न लिगको अन्तिम खेलमा बंगलादेशले नेपाललाई ४–० को फराकिलो अन्तरले पराजित ग¥यो । यो जितसँगै बंगलादेशले ६ खेलमा शतप्रतिशत जित निकाल्दै १८ अंकसहित उपाधि उचालेको हो । नेपाल समान खेल खेलेर १२ अंक जोड्दै दोस्रो स्थानमा रह्यो ।

प्रतियोगितामा नेपाल र बंगलादेशबीच यो दोस्रो भिडन्त थियो । पहिलो भेटमा बंगलादेशले इन्जुरी समयको अन्तिम सेकेन्डमा गोल गर्दै नेपाललाई ३–२ ले पराजित गरेको थियो ।

बंगलादेशले गत संस्करण (२०२३) मा पनि उपाधि जितेको थियो । उमेर समूहको यो प्रतियोगितामा बंगलादेशको कुल उपाधि संख्या अब पाँच पुगेको छ । यसअघि उसले दुईपटक यु–१९, एकपटक यु–१८ र यु–२० च्याम्पियनसिप जितेको थियो ।

बंगलादेशको जितमा सागोरिका मोसमत एक्लै नायिका बनिन् । उनले चार गोल गर्दै ह्याट्रिकसहित शानदार पुनरागमन गरिन् । नेपाली डिफेन्डर सिम्रन राईसँग मैदानमै भएको झगडाका कारण ३ खेलको प्रतिबन्ध खेपेर पुनरागमन गरेकी सागोरिकाले अन्तिम खेलमा निर्णायक प्रदर्शन गरिन् ।

ADV

सम्बन्धित खबर

Advertise