काठमाडौं : नेपाली कांग्रेस महासमिति सदस्य (नवलपरासी सुस्ता पूर्व) तथा केन्द्रीय तरुण विभाग सदस्य सचिव श्यामप्रसाद श्रेष्ठ सम्मानित भएका छन् ।
नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजना गरेको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
पार्टी कार्यालयमा स्थापना गरिएको आधुनिक पुस्तकालय तथा स्रोत केन्द्र सञ्चालनका लागि ‘नेपाली कांग्रेस पुस्तकालय व्यवस्थापन कोष’मा गरेको आर्थिक सहयोगको कदर गर्दै श्रेष्ठलाई सम्मान गरिएको विभागले जनाएको छ ।
सम्मान कार्यक्रममा श्रेष्ठको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा निरन्तर साथ र सहयोग रहने विश्वास पनि व्यक्त गरिएको थियो ।