काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सिंगो नेपाली राजनीतिमा ज्ञानको अभाव भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली राजनीतिमा अहिले अध्ययन भन्दा बाहुबलको प्रयोग बढी हुने गरेको बताए । उनले अध्ययन न्यून भएपछि ज्ञान हुने सम्भावना कम हुने र ज्ञान कम भएको ठाउँमा बाहुबलले स्थान पाउने बताए ।
उपसभापति गुरुङले नेपाली राजनीति अहिले द्वन्द्वको चरणमा रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेताहरुका आफ्नै कर्म र प्रवृत्ति एवं व्यवहारले कमजोर गरिरहेको उनले बताए ।
उपसभापति गुरुङले पार्टीमा लाग्न नपाइकन मैले के पाएँ भन्नेकुरा सोधिने गरेको बताए ।