२०८२ साउन ६ गते मङ्गलवार / Jul 22 , 2025 , Tuesday
२०८२ साउन ६ गते मङ्गलवार
Ads

चाक्सीबारी बैठकको निष्कर्ष : सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया सुरु होस्

shivam cement
मध्यान्ह
२०८२ साउन ५ गते १८:०२
चाक्सीबारी बैठकको निष्कर्ष : सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया सुरु होस्

काठमाडौं : नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरुको बैठक चाक्सीबारीमा बसेको छ । सोमबार दिउँसो उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री समेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहको निजी निवासमा बसेको बैठकमा सरकारका कामहरु जनताको हितमा अझ प्रभावकारी रुपमा अघि बढाउनेबारेमा छलफल भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसका पूर्वपदाधिकारी बसेर देशको समसामयिक, राजनीतिक परिस्थितिका बारेमा छलफल गरेको बताए । सरकारले अझ प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्ने कुरा आफूहरुले राखेको उनले बताए ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष यसबारे ध्यानाकर्षण गराउने र आफूहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर यसबारे जानकारी गराउने उनले बताए । गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न जरुरी रहेको बैठकको निष्कर्ष छ ।

संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्नेकुरा सरकारले अघि नबढाएकोमा चासो व्यक्त भएको पनि उनले बताए । उनले सरकार बन्दा सभापति देउवा र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीबीच भएको समझदारीअनुसार संविधान संशोधनको मुद्दा अड्किएको बताए । संविधान संशोधनलाई अब अघि बढाउनुपर्ने आफूहरुको निष्कर्ष रहेको उनले बताए ।

संविधान संशोधनका लागि  सबैले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुनेगरी विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भन्नेकुरामा छलफल भएको उनले बताए । 

नेता सिटौलाले कांग्रेस-एमाले गठबन्धन ०८४ सम्मै जाने दाबी पनि गरे । 

ADV

सम्बन्धित खबर

Advertise