काठमाडौंः नेपालको ‘टिम होरा इ—स्पोर्ट्स’ले साउदी अरेबियामा आयोजना हुने पब्जी मोबाईल इ—स्पोर्ट्स विश्वकपमा सहभागिता जनाउने भएको छ ।
यही साउन ९ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाली पब्जी टोलीले भाग लिन लागेको इ–स्पोर्ट्स सङ्घ नेपाल (ईशान)द्वारा आज आयोजित एक कार्यक्रममा जानकारी दिइयो । सङ्घका अध्यक्ष अन्जन धमला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पब्जी मोबाइल इ–स्पोर्ट्स विश्वकप खेल्ने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
सदस्य सचिव घिसिङले इ–स्पोर्ट्स खेलमा नेपालले पछिल्लो समय राम्रो सम्भावना देखाएको भन्दै विदेशी भूमिमा नेपाली खेलाडीले राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । पब्जी टोलीमा खेलाडीको रूपमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गर्नेछन् । यस्तै, टोलीको व्यवस्थापकमा उमेश बुढथापा, अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी हुनेछन् ।
काजकिस्तानमा गत महिना भएको पब्जी मोबाईल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होरा विश्वकपमा छनोट भएको थियो ।