२०८२ साउन ४ गते आइतवार / Jul 20 , 2025 , Sunday
२०८२ साउन ४ गते आइतवार
Ads

एमाले पोलिटब्युरो बैठक : उमेर हद र दुई वर्षे कार्यकाल हट्यो

shivam cement
मध्यान्ह
२०८२ साउन ३ गते २०:३९
एमाले पोलिटब्युरो बैठक : उमेर हद र दुई वर्षे कार्यकाल हट्यो

काठमाडौं : नेकपा एमालेले विधानमा प्रस्तावित उमेर हद र दुई वर्षे कार्यकाल हटाउने प्रस्ताव स्वीकृत गरेको छ । शनिबार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा बसेको पोलिटब्युरो बैठकले यो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय सचिवालयबाट प्रस्तुत गरिएको विधान संशोधनसम्बन्धी प्रस्तावलाई पोलिटब्युरो बैठकले सर्वसम्मतिले स्वीकार गरेको बताए ।

पार्टीभित्रको संगठित सदस्यता र सदस्यता दुई व्यवस्था स्वीकार गरेको उनले बताए । उमेर हदको व्यवस्थालाई खारेज गर्ने कुरा स्वीकार गरेको पनि उनले बताए । ६८ जना पोलिटब्युरो सदस्यहरुले राय राखेको र जिल्ला, प्रदेश र स्थानीय कमिटीलाई कार्यकारी हुने व्यवस्था अघि सारेको उनले जानकारी दिए ।

उनले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा सक्रिय हुने विषयमा गम्भीरतापूर्वक छलफल भएको र ठोस निष्कर्षमा नपुगेको बताए । अधिकांश नेताहरुले सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा सक्रिय हुने कुरा गम्भीर भएकाले पार्टीले उचित समयमा निर्णय गर्ने निष्कर्ष निस्किएको उनले बताए ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise