२०८२ साउन ४ गते आइतवार / Jul 20 , 2025 , Sunday
२०८२ साउन ४ गते आइतवार
Ads

नेपाल खेलकुद महासंघ बझाङको अध्यक्षमा पुनः दौल्याल

shivam cement
सत्यराज सिंह
२०८२ साउन ३ गते २०:००
नेपाल खेलकुद महासंघ बझाङको अध्यक्षमा पुनः दौल्याल

बझाङ : एमाले निकट नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्म रूपमा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनबाट अध्यक्ष पदमा नरेन्द्र दौल्याल पुनः निर्वाचित भएका छन् । उनले दोस्रो कार्यकालका लागि निर्विरोध नेतृत्व सम्हालेका हुन् । बझाङको खेलकुद क्षेत्रमा लामो समयदेखि सक्रिय दौल्यालको नेतृत्वमा खेलकुद महासंघले उल्लेखनीय गतिविधि गर्दै आएको छ । 

No description available.

उपाध्यक्षमा सुनिल बोहरा र आरती भण्डारी निर्वाचित भएका छन् । सचिव पदमा प्रदीप खड्का दोहोरिँदै पुनः चयन भएका छन् । उपसचिवमा सुनिल धामी र करणकान्त जोशी निर्वाचित भएका छन् । कोषाध्यक्षको जिम्मेवारी दीपक विष्टले पाएका छन् ।

सदस्य पदमा मिना ऐडी, विनोद खड्का, पवन बोहरा, जगत धामी, सुरज रोकाया, सुरेश नेपाली, कृष्ण खड्का, योगेश ओली, सत्य बोहरा, निर्मला महत, शारदा बोहरा, जनक कुँवर, किशोर थापा र हेमन्त अधिकारी निर्वाचित भएका छन् ।

कमिटीका सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध रूपमा चयन भएका हुन् । अधिवेशनमा खेलकुद क्षेत्रका अगुवाहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise